काठमाडौँ । SEE परीक्षा दिएर बसेका विद्यार्थीहरूका लागि “Interaction, Motivation & Career Counseling” कार्यक्रम आयोजना हुने भएको छ।
उक्त कार्यक्रम आगामी १७ वैशाख २०८३ मा बाल उद्धार माध्यमिक विद्यालयमा बिहान ८ बजे सुरु हुनेछ।
कार्यक्रममा विद्यार्थीहरूलाई उच्च शिक्षा छनोट, करियर मार्गदर्शन, प्रेरणादायी सत्र तथा भविष्य निर्माणसम्बन्धी विविध जानकारी प्रदान गरिने आयोजकले जनाएको छ।
SEE पछिका विद्यार्थीहरूलाई सही दिशा, आत्मविश्वास र करियर छनोटमा सहयोग पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
यसैबीच, नवराज भट्टराई ले कार्यक्रमले विद्यार्थीहरूको भविष्य निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।
उनले भने,
“SEE पछिका विद्यार्थीहरूलाई सही मार्गदर्शन दिनु आजको आवश्यकता हो। यस्तो कार्यक्रमले उनीहरूलाई आत्मविश्वासी बनाउँदै सही करियर छनोट गर्न मद्दत गर्छ।”
आयोजकले सम्बन्धित सबै विद्यार्थीलाई समयमै उपस्थित हुन हार्दिक निमन्त्रणा समेत गरेको छ।
प्रतिक्रिया