सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकमा निर्मल ढकाल

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ बैशाख २०८३, बुधबार ०५:३८

काठमाडौं । अर्थ मन्त्रालय ले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग को महानिर्देशकको जिम्मेवारी सह–सचिव निर्मल ढकाल लाई सुम्पेको छ।

विभागमा रिक्त रहेको नेतृत्वदायी भूमिकाका लागि मन्त्रालयले ढकाललाई उपयुक्त पात्रका रूपमा चयन गर्दै महानिर्देशकको कमान्ड दिएको हो।

यसअघि सोही विभागमा उपमहानिर्देशकको रूपमा कार्यरत रहिसकेका ढकालसँग विभागको आन्तरिक कार्यप्रणाली तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुनी र प्राविधिक विषयमा गहिरो अनुभव रहेको बताइएको छ।

अनुभवी अधिकारीकै नेतृत्वमा विभागले विचाराधीन अनुसन्धानका फाइलहरूलाई तीव्रता दिन र समग्र कार्यसम्पादनमा सुधार ल्याउने अपेक्षा अर्थ मन्त्रालय ले लिएको छ।

गैरकानुनी रूपमा आर्जन गरिएको सम्पत्तिलाई वैध बनाउने प्रयास नियन्त्रण गर्नु तथा वित्तीय अपराध रोक्नु नयाँ महानिर्देशकका मुख्य चुनौतीका रूपमा देखिएको छ।

विशेषगरी वित्तीय कारबाही कार्यदल का मापदण्ड कार्यान्वयन तथा ठूला प्रकृतिका शंकास्पद वित्तीय कारोबारमाथि निगरानी बढाउने कार्यमा ढकालको अनुभव महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

Leave a Reply