फेसन डिजाइनर विद्यार्थी जमुना शाही ठकुरीको कलाकारितामा सक्रियता

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ बैशाख २०८३, बुधबार ०५:२४

काठमाडौं । फेसन डिजाइन अध्ययनरत जमुना शाही ठकुरी कलाकारितामा पनि उत्तिकै सक्रिय देखिएकी छन्। सानैदेखि कलाकारिताप्रति रुचि राख्दै आएकी उनी हाल आफ्नो कला निखार्न कला घर मा आवद्ध छिन्।

उनी गुरु गोविन्द सुनार सँग प्रशिक्षण लिँदै आएकी छन्। जमुनाका अनुसार कलाकार बन्न निरन्तर मेहनत, अनुशासन र समर्पण आवश्यक पर्ने रहेछ।

हाल उनी नाटक अक्षता मा कलाकारका साथै कस्ट्युम डिजाइनरको भूमिकामा समेत सक्रिय छिन्। यसले उनको फेसन डिजाइन र कलाकारिताबीचको सम्बन्धलाई थप मजबुत बनाएको छ।

सानैदेखि कलाकारिता भन्नेबित्तिकै उत्साहित हुने जमुना भविष्यमा एउटा सक्षम कलाकार बन्ने लक्ष्य राख्छिन्। समाजका विभिन्न चरित्रहरू जीवन्त रूपमा प्रस्तुत गर्दै गरीब तथा निमुखा वर्गको आवाज बन्ने उनको चाहना छ।

उनको यो प्रयासले कला र समाजसेवाबीच सन्तुलन कायम गर्ने नयाँ पुस्ताको सोचलाई प्रतिनिधित्व गरेको देखिन्छ।

प्रतिक्रिया

slot gacor