सुकुमवासी बस्ती हटाउँदा विद्यार्थीलाई असर नपार्न ६ बुँदे सर्कुलर

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ बैशाख २०८३, मंगलवार ०५:२१

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय ले सुकुमवासी बस्ती हटाउने क्रममा विद्यार्थीहरूलाई पर्न सक्ने असर न्यूनीकरण गर्न ६ बुँदे सर्कुलर जारी गरेको छ।

मन्त्री सस्मित पोखरेल को निर्देशनपछि मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्र ले यस्तो सर्कुलर जारी गरेको हो।

केन्द्रले अव्यवस्थित बस्ती हटाउँदा विद्यार्थीहरूको परीक्षा व्यवस्थापन, प्रभावित क्षेत्रका विद्यालयहरूको समायोजन तथा सम्बन्धित निकायबीच प्रभावकारी समन्वय गर्न स्थानीय तहहरूलाई निर्देशन दिएको छ।

सर्कुलरमा प्रभावित विद्यार्थीहरूलाई पायक पर्ने विद्यालयमा स्थानान्तरण गर्न सहजीकरण गर्न आग्रह गरिएको छ।

विशेषगरी सोमबारदेखि सुरु भएको कक्षा १२ को परीक्षामा सहभागी हुने परीक्षार्थीहरूलाई परीक्षा केन्द्रसम्म पुग्न आवश्यक व्यवस्था मिलाउन र विद्यालय नै प्रभावित भएको स्थानमा वैकल्पिक व्यवस्था गर्न अनुरोध गरिएको छ।

मन्त्रालयले विद्यार्थीको शैक्षिक गतिविधि अवरुद्ध नहोस् भन्ने उद्देश्यले यस्तो पहल गरिएको जनाएको छ।

प्रतिक्रिया

slot gacor