काठमाडौं । शेखर कोइरालाले पार्टीको आन्तरिक विवाद र विकसित राजनीतिक परिस्थितिबारे आफू निकटका नेताहरू तथा सरोकारवालासँग छलफल गरेका छन्।
आइतबार काठमाडौंको बिशालनगरस्थित आफ्नै सम्पर्क कार्यालयमा भएको छलफलमा नेपाली कांग्रेसले संसदीय दलको नेता अघि सार्न नसकेको र पार्टीभित्र असन्तुष्टि बढिरहेको विषयमा केन्द्रित बहस भएको जनाइएको छ।
छलफलमा पुरुषोत्तम दाहाल, किशोर नेपाल, डा. दिनेश भट्टराई, मधुरमण आचार्य, हरिदर्शन श्रेष्ठ, शेरबहादुर केसी, उपेन्द्रकेशरी न्यौपाने, डा. बिनिता कार्की, जगदीश दाहाल, कुलचन्द्र वाग्ले, पुरञ्जन आचार्य, विष्णु बुढाथोकी, डा. उद्धव प्याकुरेल तथा जेन्जी युवाहरू अभिजित अधिकारी र करिना पुरी सहभागी भएका थिए।
त्यसैगरी शशांक कोइराला, सुजाता कोइराला, धनराज गुरुङ, बद्री पाण्डे, जीवन परियार, एनपी साउद, मिनेन्द्र रिजाल र गोविन्दराज पोख्रेललगायत नेताहरूको उपस्थिति रहेको थियो।
छलफलमा वर्तमान राजनीतिक अवस्था, पार्टीको आन्तरिक एकता सुदृढ गर्ने उपाय तथा आगामी रणनीतिबारे विचार आदानप्रदान भएको बताइएको छ।
प्रतिक्रिया