नदी किनारका अवैध बस्ती हटाउने अभियान जारी, थापाथलीसहित विभिन्न क्षेत्रमा खाली गराइयो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ बैशाख २०८३, आईतवार ०५:५९

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका नदी किनार, जोखिमपूर्ण क्षेत्र तथा सार्वजनिक–सरकारी जग्गामा निर्माण गरिएका बस्ती खाली गराउने अभियानलाई तीव्रता दिएको छ।

यसक्रममा आज वाग्मती नदी किनारमा रहेको काठमाडौं महानगरपालिका–११, थापाथलीस्थित बस्ती खाली गरिएको छ। साथै वडा नं ९ गैरीगाउँ–सिनामङ्गल र वडा नं ३१ शान्तिनगर क्षेत्रमा पनि बस्ती हटाउने क्रम जारी रहेको छ।

काठमाडौंकै कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटार बुद्धचोक र वडा नं ९ मनोहरा टोलमा अवैध रूपमा निर्माण गरिएका संरचना हटाउने तयारी भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

काठमाडौं उपत्यका विकास प्राधिकरणका अनुसार शान्तिनगरमा ४७६, गैरीगाउँमा १६२, थापाथलीमा १४३, गोठाटारमा ७७ र मनोहरा टोलमा १३ गरी कुल ८७१ सुकुम्वासी घरधुरी रहेका छन्।

अभियानमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपालकाठमाडौं महानगरपालिकाको नगर प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ। सुरक्षाकर्मीले संरचना हटाउनुका साथै स्थानीयको सरसामान सुरक्षित रूपमा अन्यत्र सार्न सहयोग गरेका थिए।

थापाथली क्षेत्रमा बसोबास गरिरहेका ६८ परिवार सरकारको सम्पर्कमा आएको जनाइएको छ। सम्पर्कमा आएका परिवारलाई दशरथ रंगशालामा अस्थायी रूपमा राखी विवरण सङ्कलन गरिएको छ भने उनीहरूको सामान सुन्दरीघाटस्थित राधास्वामी सत्सङ व्यासमा सुरक्षित राखिएको छ।

सरकारले अस्थायी रूपमा राखिएका परिवार वास्तविक सुकुम्वासी हुन् वा होइनन् भन्ने पहिचान प्रक्रिया सुरु गर्ने जनाएको छ। प्रमाणित भएका परिवारलाई नागार्जुन नगरपालिका–१ स्थित अपार्टमेन्टमा दुई साताभित्र स्थानान्तरण गर्ने तयारी छ। त्यसपछि दीर्घकालीन व्यवस्थापनको प्रक्रिया अघि बढाइने बताइएको छ।

प्रतिक्रिया

slot gacor