गृहमन्त्री गुरुङको सुरक्षा निकायसँग लामो छलफल, विषयबारे मौन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ बैशाख २०८३, बुधबार ०५:५२

काठमाडौं । सुधन गुरुङ ले गृह मन्त्रालयमा उच्च सुरक्षा अधिकारीहरूसँग करिब पाँच घण्टा लामो छलफल गरेका छन्।

साँझ ६ बजेदेखि सुरु भएको बैठक राति करिब ११ बजेसम्म चलेको थियो। छलफलमा गृहसचिव राजकुमार श्रेष्ठ, नेपाल प्रहरी का आईजीपी दानबहादुर कार्की तथा काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सहभागी थिए।

छलफलपछि मन्त्रालयबाट बाहिरिँदै गृहमन्त्री गुरुङले बैठकको एजेन्डाबारे केही खुलाएनन्। सञ्चारकर्मीको जिज्ञासामा उनले “बिस्तारै थाहा हुन्छ” भन्दै प्रतिक्रिया दिनबाट पन्छिएका थिए।

यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी का महामन्त्री कविन्द्र बुर्लाकोटी पनि गृहमन्त्रीलाई भेट्न सिंहदरबार पुगेका थिए। तर, मन्त्री छलफलमा व्यस्त रहेकाले भेट हुन नसकेको उनले बताए।

बुर्लाकोटीले गृहमन्त्रीले आफ्नो कार्यशैलीअनुसार जिम्मेवारी निर्वाह गरिरहेको उल्लेख गर्दै गृह मन्त्रालय सक्रिय रूपमा काम गर्ने संवेदनशील निकाय भएकाले निरन्तर छलफल आवश्यक पर्ने बताए।

प्रतिक्रिया

Leave a Reply