गृहमन्त्री गुरुङको राजीनामा माग्दै एमाले, निष्पक्ष छानबिनको माग

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ बैशाख २०८३, बुधबार ०५:४८

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले गृहमन्त्री सुधन गुरुङ को राजीनामा माग गरेको छ।

एमालेले गृहमन्त्रीसँग जोडिएको प्रकरणले केवल आशंका मात्र नभई विगतका सम्भावित अनियमितता र विसंगतिहरू उजागर गरेको आरोप लगाएको छ।

पार्टीका प्रचार विभाग प्रमुख मीनबहादुर शाही ले जारी गरेको विज्ञप्तिमा सम्बन्धित विषयमा निष्पक्ष र स्वतन्त्र अनुसन्धान आवश्यक रहेको उल्लेख गरिएको छ। “अनुसन्धान प्रक्रिया कुनै पनि शक्ति वा प्रभावबाट मुक्त हुनुपर्छ,” विज्ञप्तिमा भनिएको छ।

एमालेले गृहमन्त्रीसँग सम्बन्धित सबै विषयमा छानबिन गर्न उच्चस्तरीय संयन्त्र गठन गरी तत्काल अनुसन्धान अघि बढाउन माग गरेको छ। साथै, गृहमन्त्री स्वयंले अनुसन्धान प्रक्रियालाई सहज, निष्पक्ष र प्रभावरहित बनाउन मार्गप्रशस्त गर्नुपर्नेमा जोड दिएको छ।

मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएपछि सरोकारवालाहरूबीच उठेका प्रश्नले यो विषय थप गम्भीर बनेको एमालेको भनाइ छ। यसबारे आगामी दिनमा थप बहस र छलफल हुने पनि पार्टीले जनाएको छ।

प्रतिक्रिया