कांग्रेस संसदीय दलको नेता चयन : ११ वैशाखमा मतदान

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ बैशाख २०८३, मंगलवार ०५:३२

काठमाडौं । नेपाली कांग्रेस ले संसदीय दलको नेता चयनका लागि आगामी ११ वैशाखमा मतदान गर्ने भएको छ।

निर्वाचन समितिका अनुसार मतदान सिंहदरबार स्थित संसदीय दलको कार्यालयमा दिउँसो ४ देखि ५ बजेसम्म हुनेछ।

समितिले संसदीय दलको विधानअनुसार निर्वाचन कार्यतालिका सार्वजनिक गरेको जनाएको छ। कार्यतालिकाअनुसार १० वैशाख दिउँसो १ बजे मतदाता नामावली प्रकाशन गरिनेछ भने उम्मेदवारहरूको अन्तिम नामावली ११ वैशाख दिउँसो साढे ३ बजे सार्वजनिक गरिनेछ।

यस्तै, ११ वैशाख बिहान उम्मेदवारी दर्ता सम्पन्न गरी सोही दिन मतदान र मतगणना गरिने कार्यक्रम तय गरिएको छ।

प्रतिक्रिया

Leave a Reply