निजी क्षेत्रप्रति दृष्टिकोण बदल्न अध्यक्ष ढकालको आग्रह

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ बैशाख २०८३, सोमबार ०५:४८

दोधारा चाँदनी (कञ्चनपुर)। नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आवश्यक रहेको बताएका छन्।

आज कञ्चनपुर उद्योग वाणिज्य सङ्घको ३४औँ वार्षिक साधारणसभाको उद्घाटन समारोहमा बोल्दै उनले निजी क्षेत्रलाई नाफा कमाउने माध्यमका रूपमा मात्र हेर्ने सोच त्याग्नुपर्नेमा जोड दिए।

“कुल गार्हस्थ उत्पादन (जिडिपी)मा ८० प्रतिशतभन्दा बढी योगदान गर्ने र हरेक पूर्वाधार निर्माणमा भूमिका खेल्ने निजी क्षेत्र हो,” ढकालले भने, “सबैभन्दा बढी रोजगारी सिर्जना पनि निजी क्षेत्रले नै गरिरहेको छ।”

उनले सुदूरपश्चिम क्षेत्रमा पर्यटनको ठूलो सम्भावना रहेको उल्लेख गर्दै पर्यटन प्रवर्द्धन र रोजगारी सिर्जना गर्ने उद्देश्यले आफूले लगानी गरिरहेको बताए। “सुदूरपश्चिममा जहाँ हेरे पनि सम्भावना छ, त्यसैले यहाँको ठूलो पर्यटन पूर्वाधार अगाडि बढाएका छौँ,” उनले भने, “यसले सुदूरपश्चिम मात्रै नभई देशकै पर्यटन प्रवर्द्धनमा टेवा पुगाउनेछ।”

अध्यक्ष ढकालले इमान्दारिताका साथ काम गरे प्रतिफल अवश्य प्राप्त हुने विश्वास व्यक्त गरे। साथै सुदूरपश्चिम भारतका ठूला औद्योगिक क्षेत्र नजिक रहेकाले त्यसबाट लाभ लिन सकिने पनि उनले बताए।

“यहाँका बडिमालिकारामारोशन जस्ता धार्मिक तथा पर्यटकीय गन्तव्य छन्,” उनले भने, “अब पर्यटकीय पूर्वाधारमा थप लगानी आवश्यक छ।”

निजी क्षेत्रका समस्या समाधानका लागि सरकारसँग निरन्तर पहल भइरहेको उनले जानकारी दिए।

प्रतिक्रिया

slot gacor