कांग्रेसमा एकताका लागि गगन थापाको पहल, खड्कासँग भेटवार्ता

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ बैशाख २०८३, सोमबार ०५:४६

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टीको वृहत्तर एकताका लागि पहल सुरु गरेका छन्। थापाले आज साँझ निवर्तमान कार्यवाहक सभापति पूर्ण बहादुर खड्कासँग संवाद गरेका हुन्। थापा खड्कालाई भेट्न गोल्फुटारस्थित निवास पुगेका थिए।

पार्टीमा देखिएको केही बेमेल हटाएर एकताका लागि पहल गर्न नेता खड्कासँग भेटेको सभापति थापाले बताएका छन्। “पार्टीको वृहत्तर एकताका लागि सिनियर नेताहरूसँग संवाद सुरु गरेको छु,” उनले भने।

सभापति थापाले सर्वोच्च अदालतको निर्णयले पार्टीका सबैलाई एकताबद्ध बनाउँदै पुनः बलियो बनाउने साझा यात्रामा अघि बढ्ने वातावरण सिर्जना गरेको उल्लेख गरे।

पन्ध्रौँ महाधिवेशनको प्रक्रिया अघि बढिसकेको उल्लेख गर्दै उनले महाधिवेशनलाई सफल बनाउँदै पार्टीलाई रूपान्तरण र सुदृढ बनाउने अवसरका रूपमा उपयोग गर्न आम कांग्रेसी नेता–कार्यकर्तालाई आह्वान गरेका छन्।

प्रतिक्रिया

Leave a Reply