रास्वपा सचिवालय बैठक आज बस्दै, ६ एजेन्डामाथि छलफल हुने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
६ बैशाख २०८३, आईतवार ०६:२७

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्ने भएको छ।

पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने बैठकमा ६ वटा मुख्य एजेन्डा तय गरिएको प्रवक्ता मनीष झाले जानकारी दिएका छन्।

सभापति रवि लामिछानेले आह्वान गरेको बैठकमा पार्टीको सांगठनिक विस्तार, महाधिवेशनको तयारी तथा आन्तरिक संरचना सुदृढीकरणका विषयमा विस्तृत छलफल हुने जनाइएको छ।

बैठकमा जिल्ला अधिवेशन कार्यविधि २०८३ माथि छलफल, महाधिवेशन कार्यविधि मस्यौदा समिति गठन, पार्टीको आर्थिक पारदर्शिता कायम गर्न बैंक खाता सञ्चालन तथा व्यवस्थापनका विषयमा निर्णय हुने बताइएको छ। साथै पार्टी संरचनालाई पूर्णता दिने क्रममा केन्द्रीय आयोग, सल्लाहकार परिषद्, संघीय नेतृत्व मञ्च र विभिन्न विभागमा गरिने मनोनयनबारे पनि निर्णय गरिनेछ।

यसपटक रास्वपाले नयाँ अभ्यासका रूपमा ‘विज्ञहरूको आह्वान’ र ‘योजनाहरूको आह्वान’ लाई समेत बैठकको मुख्य एजेन्डा बनाएको छ। यसले नीति निर्माण र कार्यक्रम सञ्चालनमा विशेषज्ञहरूको सहभागिता बढाउने अपेक्षा गरिएको छ।

त्यस्तै बैठकले सांसदहरूको संगठनात्मक जिम्मेवारी बाँडफाँट लगायतका विषयमा पनि आवश्यक निर्णय गर्ने तयारी गरेको छ।

प्रतिक्रिया

slot gacor