काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शनिबार अस्पतालबाट डिस्चार्ज भएका छन्।
उनी त्रिवि शिक्षण अस्पतालबाट साँझ डिस्चार्ज भएका हुन्। सचिवालयका अनुसार उनको पत्थरीको सफल शल्यक्रिया गरिएको थियो।
जेनजी आन्दोलन घटनाको छानबिन गर्न गठित उच्चस्तरीय आयोगको प्रतिवेदनका आधारमा अनुसन्धानका क्रममा पक्राउ परेपछि ओली अस्पतालमै उपचाररत थिए।
यसबीच, अदालतले उनलाई चैत २६ गते रिहा गर्न आदेश दिएको थियो। तर स्वास्थ्यमा पूर्ण सुधार नभएकाले उनी चिकित्सकको निगरानीमा अस्पतालमै बसिरहेका थिए।
हाल स्वास्थ्य अवस्था सुधार भएसँगै उनी अस्पतालबाट घर फर्किएको जनाइएको छ।
प्रतिक्रिया