डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३० रुपैयाँले बढ्यो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ बैशाख २०८३, बिहीबार ०६:१३

काठमाडौं ।  नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको छ।

निगमले बुधबार सूचना जारी गर्दै मध्यरातिदेखि लागू हुने गरी डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३० रुपैयाँले वृद्धि गरिएको जनाएको हो।

यससँगै आन्तरिकतर्फको हवाई इन्धनको मूल्य पनि प्रतिलिटर पाँच रुपैयाँले बढाइएको छ।

यद्यपि पेट्रोलको मूल्य भने हाललाई यथावत राखिएको निगमले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply