इन्धन अभावले सुदूरपश्चिमका ठूला आयोजना प्रभावित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ बैशाख २०८३, बुधबार ०५:५७

महेन्द्रनगर। पेट्रोलियम पदार्थको मूल्यवृद्धि र आपूर्ति अभावका कारण सुदूरपश्चिमका ठूला विकास आयोजना प्रभावित भएका छन्।

सेती राजमार्ग दक्षिण खण्ड को निर्माण कार्य इन्धन अभावका कारण बन्द हुने अवस्थामा पुगेको आयोजना प्रमुख रामकुमार देव ले जानकारी दिए। उनका अनुसार निर्माण व्यवसायीसँग मौज्दात इन्धन सकिँदै जाँदा उपकरण सञ्चालन रोकिएको छ।

यसैगरी महाकाली सिँचाइ तेस्रो चरण आयोजनामहाकाली करिडोर को काम पनि महँगीका कारण सुस्त बनेको छ। निर्माण सामग्री र इन्धनको लागत बढेपछि व्यवसायीहरूले काम गर्न नसकिने भन्दै निवेदन दिन थालेका छन्।

निर्माण व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष पुष्पराज अवस्थी ले मूल्यवृद्धि समायोजन नभएसम्म काम अगाडि बढाउन नसकिने बताए। उनका अनुसार व्यवसायीहरू ‘निर्माण होलिडे’को तयारीमा समेत छन्।

इन्धन अभाव र महँगीका कारण सुदूरपश्चिमका रणनीतिक आयोजना ठप्प हुने जोखिम बढ्दै गएको छ।

प्रतिक्रिया

Leave a Reply