राष्ट्रिय योजना आयोगमा ६ सदस्य नियुक्त

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ चैत्र २०८२, शुक्रबार ०६:०४

काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोग मा ६ सदस्य नियुक्त गरेको छ।

आयोगको सदस्यमा अर्जुनजंग थापा, प्रा. डा. सञ्जय आचार्य, डा. देवेन्द्र गौचन, रेशु अर्याल, प्रा. डा. सुदन झाडा. पुकार मल्ल रहेका छन्।

नवनियुक्त सदस्यमध्ये अर्जुनजंग थापा भौतिक मन्त्रालयका पूर्वसचिव हुन्। प्रा. डा. सञ्जय आचार्य त्रिभुवन विश्वविद्यालय का अर्थशास्त्रका प्राध्यापक हुन्।

त्यसैगरी, डा. देवेन्द्र गौचन इन्स्टिच्युट फर इन्टिग्रेटेड डेभलपमेन्ट स्टडिज (IIDS) का सिनियर फेलो हुन् भने रेशु अर्याल शिक्षाविद् हुन्।

प्रा. डा. सुदन झा काठमाडौं विश्वविद्यालय का कम्प्युटर साइन्स एन्ड इन्जिनियरिङका प्राध्यापक हुन् भने डा. पुकार मल्ल गभर्नेन्स ल्याबका सहसंस्थापक तथा अध्यक्ष हुन्।

यसअघि सरकारले आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्ट लाई नियुक्त गरिसकेको छ।

प्रतिक्रिया

slot gacor