काठमाडौँ । नेपाल राष्ट्र बैंक को डेपुटी गभर्नरमा कार्यकारी निर्देशक किरण पण्डित नियुक्त भएका छन्।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्र बैंकमा रिक्त दुई डेपुटी गभर्नरमध्ये एक पदमा पण्डितलाई नियुक्त गर्ने निर्णय गरेको हो।
सरकारका तर्फबाट जानकारी दिँदै प्रतिभा रावल ले अर्थ मन्त्रालयको प्रस्तावमा उनलाई डेपुटी गभर्नर नियुक्त गरिएको बताइन्।
पण्डितले विसं २०६२ सालमा राष्ट्र बैंक सेवामा प्रवेश गरेका हुन्। उनले बैंक सुपरीवेक्षण विभाग, बैंक तथा वित्तीय संस्था नियमन विभाग, वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखालगायत महत्वपूर्ण विभागमा रहेर काम गरिसकेका छन्।
उनको नियुक्तिसँगै राष्ट्र बैंकको नेतृत्व टोली थप मजबुत हुने अपेक्षा गरिएको छ।
प्रतिक्रिया