सम्पत्ति शुद्धीकरण मुद्दा : सर्वोच्चद्वारा मिसिल झिकाउने आदेश

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ असार २०८३, बुधबार ०५:१३

काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धानका लागि हिरासतमा रहेका एक व्यक्तिले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले सम्बन्धित मुद्दाको सक्कल मिसिल झिकाउन आदेश दिएको छ।

मंगलबार न्यायाधीश टेकप्रसाद ढुङ्गानामेघराज पोखरेलको संयुक्त इजलासले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागसँग रहेको सम्पूर्ण मिसिल अदालतमा पेश गर्न आदेश दिएको हो।

यो मुद्दामा पक्राउ परेका व्यक्ति नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग नाम मिल्ने व्यक्ति रहेको अदालतले स्पष्ट गरेको छ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले असार ८ गते सुर्खेतबाट पक्राउ गरेका पौडेललाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै उनकी पत्नी दोमाया पौडेलले असार १० गते सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्।

यसअघि उक्त रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै असार ११ गते न्यायाधीश श्रीकान्त पौडेलको इजलासले विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको थियो।

अब सर्वोच्च अदालतले अनुसन्धानसँग सम्बन्धित सम्पूर्ण मिसिल झिकाएर अध्ययन गरेपछि रिटमाथि थप सुनुवाइ गर्दै आवश्यक आदेश दिनेछ। हाल सम्बन्धित व्यक्तिमाथि सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धान जारी रहेको छ।

प्रतिक्रिया

Leave a Reply

slot gacor