शंकास्पद गतिविधिमा संलग्न २६ चिनियाँ नागरिक पक्राउ, क्रिप्टो र अनलाइन ठगीको आशंका

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ असार २०८३, बिहीबार ०५:४७

काठमाडौं । अध्यागमन विभागले शंकास्पद गतिविधिमा संलग्न रहेको आशंकामा २६ जना चिनियाँ नागरिकलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ। उनीहरूलाई ललितपुरको सानेपा र काठमाडौंको कीर्तिपुर क्षेत्रबाट पक्राउ गरिएको हो।

विभागका अनुसार नेपाली नागरिकको नाममा दर्ता भएका कम्पनीहरूको आवरणमा अवैध तथा शंकास्पद गतिविधि भइरहेको सूचनाका आधारमा शुक्रबार र मंगलबार संयुक्त रूपमा छापा मारिएको थियो।

कीर्तिपुरमा एक हल भाडामा लिएर आयुर्वेदिक औषधिको कारोबार देखाइए पनि त्यहाँ अन्य गतिविधि भइरहेको आशंकामा अनुसन्धान गरिएको थियो। सानेपामा भने उनीहरू एक घर भाडामा लिएर बस्दै आएका थिए।

अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारी का अनुसार पर्यटक भिसामा नेपालमा बसिरहेका २६ जना चिनियाँ नागरिक फेला परेका छन्। तीमध्ये ९ जनालाई हिरासतमा राखिएको छ भने बाँकीको पासपोर्ट बरामद गरी अनुसन्धान अघि बढाइएको छ। पक्राउ परेकामध्ये ३ जना सानेपाबाट६ जना कीर्तिपुरबाट नियन्त्रणमा लिइएको विभागले जनाएको छ।

प्रारम्भिक अनुसन्धानमा ड्राइभन ब्रिज इन्टरनेसनलट्रेड फेयर ट्रेडर्स नामक कम्पनीहरूको आवरण प्रयोग गरिएको खुलेको छ। ती कम्पनीका नेपाली सञ्चालकहरूसँग विभागले बयान लिइसकेको छ। उनीहरूले चिनियाँ समूहले मासिक रकम दिने गरी कम्पनी प्रयोग गर्दै आएको तर वास्तविक कारोबारबारे आफूहरूलाई जानकारी नभएको बताएका छन्।

विभागले पक्राउ परेका व्यक्तिहरू क्रिप्टोकरेन्सी कारोबार, अनलाइन ठगी तथा अन्य साइबर अपराधजन्य गतिविधिमा संलग्न हुन सक्ने आशंकामा नेपाल प्रहरीसँग समन्वय गरेर विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ।

अध्यागमन विभागले पर्यटक भिसाको दुरुपयोग गरी गैरकानुनी गतिविधि गर्ने विदेशी नागरिकमाथि निगरानी थप कडा बनाइएको पनि स्पष्ट पारेको छ।

प्रतिक्रिया

Leave a Reply

slot gacor