इन्धनमा ५०% कर छुट दिने सरकारको निर्णय

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ चैत्र २०८२, बुधबार ०६:५४

काठमाडौँ । सरकारले पेट्रोल, डिजेल र मट्टितेलको पैठारीमा लाग्दै आएको भन्सार महसुल तथा पूर्वाधार विकास करमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ।

आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो। सरकारका तर्फबाट जानकारी दिँदै प्रतिभा रावल ले पेट्रोलियम पदार्थको मूल्य नियन्त्रण र आपूर्ति सहज बनाउन यस्तो निर्णय गरिएको बताइन्।

निर्णयअनुसार अब पेट्रोल, डिजेल र मट्टितेल आयात गर्दा लाग्ने भन्सार महसुल र पूर्वाधार विकास करमा आधा छुट लागू हुनेछ। यस कदमले बजारमा इन्धनको मूल्य स्थिर बनाउन र उपभोक्तामाथिको आर्थिक भार कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भइरहेका बेला सरकारले लिएको यो निर्णयलाई उपभोक्तामैत्री कदमका रूपमा हेरिएको छ।

प्रतिक्रिया

Leave a Reply