काठमाडौँ । रामचन्द्र पौडेल ले मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर गरेका छन्। बालेन्द्र शाह को सिफारिसमा मन्त्रीहरूको वरीयता परिवर्तन गरिएको हो।
चैत १३ गते मन्त्रिपरिषद् गठन हुँदा तेस्रो वरीयतामा रहेका गृहमन्त्री सुधन गुरुङ हेरफेरपछि पाँचौँ स्थानमा झरेका छन्। चैत २४ गते राष्ट्रपति पौडेलले उक्त मर्यादाक्रम परिवर्तन गरेका हुन्।
अर्थमन्त्री स्वर्णिम वाग्ले को वरीयता भने दोस्रो स्थानमै कायम रहेको छ। यसअघि चौथो स्थानमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल तेस्रो स्थानमा उक्लिएका छन्।
त्यस्तै, भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल छैटौँ स्थानमा झरेका छन् भने ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ चौथो स्थानमा उक्लिएका छन्।
पर्यटनमन्त्री खडक राज पौडेल सातौँबाट १२औँ स्थानमा झरेका छन्। शिक्षामन्त्री सस्मित पोखरेल आठौँबाट ११औँ स्थानमा पुगेका छन्। स्वास्थ्यमन्त्री निशा मेहता नौौँबाट दशौँ स्थानमा झरेकी छन् भने डा. विक्रम तिमल्सिना १०औँबाट १३औँ स्थानमा पुगेका छन्।
संघीय मामिला मन्त्री प्रतिभा रावल ११औँबाट नवौँ स्थानमा उक्लिएकी छन्। कानुनमन्त्री सोविता गौतम १२औँबाट सातौँ स्थानमा पुगेकी छन्। कृषि मन्त्री गीता चौधरी १३औँबाट १४औँ स्थानमा झरेकी छन्।
यसअघि १४औँ स्थानमा रहेका श्रममन्त्री दीपक साह भने अहिले अन्तिम वरीयतामा पुगेका छन्।
हेरफेरपछि मन्त्रीहरूको नयाँ मर्यादाक्रम सार्वजनिक गरिएको छ।
प्रतिक्रिया