काठमाडौँ । बाँकेमा चार युवकले नशालु पदार्थ खुवाएर किशोरीलाई सामुहिक बलात्कार गरेको घटना बाहिर आएको छ । राप्तीसोनारी गाउँपालिकामा जन्ती गएकी युवती सामुहिक बलात्कारको शिकार भएकी हुन् । प्रहरीका अनुसार घटना गत माघ २१ गतेको हो । घटनापछि किशोरी मानसिक रूपमा यति धेरै कमजोर भइन् कि उनी कसैसँग बोल्न वा घटना खुलाउन सक्दिनथिन् । डर, त्रास र आघातले उनलाई लामो समयसम्म घरभित्रै थुन्यो। बिस्तारै सुधार हुँदै गएपछि मात्र उनले परिवारलाई बताएकी थिइन्। कोहलपुर नगरपालिका–५ का २१ वर्षीय आशिष थारू, कोहलपुर–६ का २७ वर्षीय सन्दीप थारू, २१ वर्षीय निरज थारू र १६ वर्षीय एक किशोरलाई सामुहिक बलात्कार घटनामा संलग्न आरोपमा बाँके प्रहरीले पक्राउ गरेको छ । युवकहरूमाथि थप अनुसन्धान भइरहेको र पीडितलाई आवश्यक उपचार र मनोसामाजिक परामर्श उपलब्ध गराउने जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
प्रतिक्रिया