ओली र लेखकमाथि २६ चैतभित्र अनुसन्धान सक्न सर्वोच्चको आदेश

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ चैत्र २०८२, मंगलवार ०६:३०

काठमाडौं । सर्वोच्च अदालत ले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक माथिको अनुसन्धान २६ चैतभित्र सक्न आदेश दिएको छ।

न्यायाधीश विनोद शर्मासुनिल कुमार पोखरेल को इजलासले उनीहरूलाई थुनामुक्त गर्न माग गरिएको निवेदन अस्वीकार गर्दै, तोकिएको समयभित्र अनुसन्धान टुंग्याउन निर्देशन दिएको हो। साथै, उक्त समयसीमाभित्र अनुसन्धान पूरा नभएमा फौजदारी कार्यविधि संहिताअनुसार हिरासतबाट मुक्त गर्न पनि आदेश दिएको छ।

सर्वोच्चको आदेशमा भनिएको छ, “ओली र लेखकलाई फौजदारी कार्यविधि संहिताको प्रक्रिया पूरा गरी हिरासतमुक्त गरि थप अनुसन्धान तहकिकातको कार्य सम्पन्न गरि जे–जो गर्नु गराउनु।”

भदौ २३ मा भएको जेनजी आन्दोलन मा १९ जनाको ज्यान जानेगरी बल प्रयोग भएको र त्यसलाई रोक्न प्रयास नगरेको आरोपमा दुवैजनालाई १४ चैतमा पक्राउ गरिएको थियो।

हाल उनीहरूलाई ज्यान मुद्दासम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौं को अनुमतिमा प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

slot gacor