काठमाडौं । नेपाल आयल निगम लिमिटेड ले फेरि इन्धनको मूल्य वृद्धि गरेको छ। निगमले बिहीबार रातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १५–१५ रुपैयाँले बढाएको हो।
नयाँ मूल्यसूची अनुसार काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर २०२ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य १८२ रुपैयाँ कायम भएको छ।
यसअघि दुई दिनअघि मात्रै निगमले हवाई इन्धनको मूल्य बढाएर प्रतिलिटर २५१ रुपैयाँ पुर्याएको थियो। लगातारको मूल्यवृद्धिले उपभोक्तामा थप आर्थिक भार परेको छ।
यसअघि पनि ११ चैतमा पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १५–१५ रुपैयाँले बढाइएको थियो। छोटो अवधिमा पटक–पटक भएको मूल्यवृद्धिले बजारमा महँगी अझ बढ्ने अनुमान गरिएको छ।
प्रतिक्रिया