काठमाडौँ । बाल साहित्य महोत्सव (दोस्रो संस्करण) अन्तर्गत एकल गायन प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ।
बुढानिलकण्ठ नगरपालिका को शिक्षा, युवा तथा खेलकुद महाशाखाको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा सहभागी बालबालिकाहरूले आफ्नो सुमधुर स्वरमार्फत उत्कृष्ट प्रस्तुति दिएका थिए।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा नगर प्रमुख मिठाराम अधिकारी तथा विशिष्ट अतिथिका रूपमा चर्चित गायिका कुन्ति मोक्तान को गरिमामय उपस्थिति रहेको थियो।
प्रतियोगितामा सहभागी प्रतिभाशाली बालबालिकाहरूले आफ्नो कला प्रस्तुत गर्दै कार्यक्रमलाई स्मरणीय बनाएका थिए। आयोजकका अनुसार यस्ता कार्यक्रमहरूले बालप्रतिभाहरूको क्षमता उजागर गर्नुका साथै उनीहरूलाई थप प्रोत्साहन गर्ने विश्वास लिइएको छ।
कार्यक्रमको आयोजना शिक्षा, युवा तथा खेलकुद महाशाखा, बुढानिलकण्ठ नगरपालिका ले गरेको हो।
प्रतिक्रिया