कांग्रेसमा समानान्तर गतिविधि बढेपछि अनुशासन समितिको बैठक आज

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ चैत्र २०८२, बिहीबार ०६:४४

काठमाडौं ।  नेपाली कांग्रेस भित्र समानान्तर गतिविधि तीव्र बनेपछि केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने तय भएको छ।

पूर्वसभापति शेरबहादुर देउवाशेखर कोइराला समूहले छुट्टै गतिविधि सुरु गरेपछि पार्टीभित्र विवाद थप चर्किएको छ।

गत शनिबार कांग्रेस नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि पूर्णबहादुर खड्का ले कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ति जारी गरेका थिए। उक्त कदमलाई पार्टीले गम्भीर रूपमा लिएको जनाएको छ।

यसैबीच विशेष महाधिवेशनबाट गगन थापा सभापति चयन भई निर्वाचन आयोग नेपाल बाट मान्यता प्राप्त गरिसकेको अवस्थामा खड्काले कार्यवाहक सभापतिको रूपमा गतिविधि अघि बढाएपछि विवाद झन् गहिरिएको हो।

खड्काले मंगलबार १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक बोलाएर शेखर कोइरालाशशांक कोइराला सँगै कार्यक्रम गरेका थिए। साथै, उनले भोलिका लागि जिल्ला सभापतिहरूको भेला समेत आह्वान गरेका छन्।

यही विषयमा छलफल गर्न आज बस्ने अनुशासन समितिको बैठकलाई कांग्रेसभित्रको शक्ति संघर्षको निर्णायक मोडको रूपमा हेरिएको छ।

प्रतिक्रिया

slot gacor