काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले उपाध्यक्ष रामबहादुर थापा लाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको छ।
पार्टी अध्यक्ष केपी शर्मा ओली ले थापालाई उक्त जिम्मेवारी प्रदान गरेको जानकारी केन्द्रीय सदस्य तथा सांसद ऐन महर ले दिएका छन्।
ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बसेको संसदीय दलको संयुक्त बैठकमा अध्यक्ष ओलीले थापालाई कार्यवाहक अध्यक्ष तोकेको जानकारी गराइएको थियो।
बैठकमा अध्यक्ष ओलीले आफू हिरासतबाट मुक्त नहुँदासम्मका लागि थापालाई कार्यवाहक जिम्मेवारी सुम्पिएको जनाइएको छ।
ओलीलाई जेनजी आन्दोलन सम्बन्धी छानबिन गर्न गठित आयोगको सिफारिस कार्यान्वयनका क्रममा गत शनिबार पक्राउ गरिएको हो।
प्रतिक्रिया