काठमाडौँ । भारतीय आयल कर्पोरेसन ले पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोलियम पदार्थको भाउमा अत्यधिक वृद्धि भएको छ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य अस्वाभाविक रूपमा बढेपछि नेपालका लागि पठाइएको खरिद दरमा ठूलो अन्तर देखिएको हो। नयाँ दरअनुसार पेट्रोलमा प्रतिलिटर ४१ रुपैयाँ र डिजेलमा प्रतिलिटर ९४ रुपैयाँसम्म मूल्य बढेर आएको छ।
यति ठूलो वृद्धि भए पनि नेपाल आयल निगम ले तत्कालका लागि नेपाली बजारमा पुरानै मूल्य कायम राख्ने निर्णय गरेको छ।
भारतबाट उच्च दरमा इन्धन आयात भए पनि उपभोक्तामा तत्काल भार नपार्ने उद्देश्यले मूल्य नबढाउने निर्णय गरिएको निगमले जनाएको छ।
यद्यपि, हवाई इन्धनको मूल्य भने सरकारले बढाएको छ।
प्रतिक्रिया