घुससहित प्रहरी सई पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ चैत्र २०८२, बुधबार ०६:५७

काठमाडौँ । प्रहरी वृत्त मालीगाउँमा कार्यरत प्रहरी नायव निरीक्षक (सई) दिनेश राउत २० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्।

मंगलबार काठमाडौँ–५ गहनापोखरीबाट अख्तियार दूरुपयोग अनुसन्धान आयोग ले उनलाई नियन्त्रणमा लिएको हो।

सई राउतले बैंकिङ्ग कसुर सम्बन्धी मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग घुस रकम लिएको आरोप छ।

उनीमाथि थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता सुरेश न्यौपाने ले जानकारी दिएका छन्।

प्रतिक्रिया

Leave a Reply