काठमाडौँ । प्रकाशमान सिंह राउत आजदेखि अनिवार्य अवकाशमा गएका छन्। उमेरहदका कारण उनी सेवा निवृत्त भएका हुन्।
उनको अवकाशसँगै सर्वोच्च अदालतकी वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल ले कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्ने भएकी छन्।
राउत २०८१ साल असोजमा प्रधानन्यायाधीशमा नियुक्त भएका थिए। उनलाई रामचन्द्र पौडेल ले संवैधानिक परिषद्को सिफारिसमा उक्त पदमा नियुक्त गरेका थिए।
यसअघि तत्कालीन प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ अवकाशमा गएपछि राउत प्रधानन्यायाधीश बनेका हुन्।
कानुन व्यवसायमा करिब ३३ वर्ष र सर्वोच्च अदालतको न्यायाधीशका रूपमा ८ वर्ष बिताएका राउतले झन्डै डेढ वर्ष सर्वोच्च अदालतको नेतृत्व गरेका थिए।
प्रतिक्रिया