काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ६३ उपसचिव वा सो सरहका कर्मचारीलाई सरुवा तथा कामकाजमा खटाउने निर्णय गरेको छ।
मन्त्रालयका प्रवक्ता एवं सहसचिव नीता पोखरेल अर्याल का अनुसार लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृतविहीन रहेका स्थानीय तह तथा जिल्ला समन्वय समितिका कार्यालयहरूमा कर्मचारी अभाव पूर्ति गर्न यो निर्णय गरिएको हो।
खटाइएकामध्ये केही कर्मचारीलाई सरुवा गरिएको छ भने केहीलाई स्थानीय तहमा कामकाजका लागि अस्थायी रूपमा खटाइएको मन्त्रालयले जनाएको छ।
यस निर्णयसँगै स्थानीय तहमा सेवा प्रवाह, प्रशासनिक कामकाज तथा विकास निर्माणका गतिविधि थप प्रभावकारी हुने अपेक्षा गरिएको छ।
प्रतिक्रिया