शिक्षा मन्त्रालयको निर्णय : ब्रिज कोर्स र प्रवेश परीक्षा तयारी कक्षा बन्द

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ चैत्र २०८२, सोमबार ०८:०४

काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधि तथा युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले ब्रिज कोर्स बन्द गर्ने निर्णय गरेका छन्।

शिक्षा मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटा का अनुसार, आउँदो वैशाख १ गतेदेखि ब्रिज कोर्स बन्द हुने भएको छ। मन्त्रीस्तरबाट यो निर्णय चैत १३ मा पारित गरिएको थियो।

त्यसैगरी, विद्यालय र उच्च शिक्षाका तहमा प्रवेश परीक्षा तयारी कक्षाहरू पनि बन्द हुने भएका छन्। मन्त्रालयको ठहर अनुसार, ब्रिज कोर्स र प्रवेश परीक्षा तयारी कक्षाले विद्यार्थीको मनोविज्ञानमा नकारात्मक प्रभाव पार्ने, शिक्षामा समतामूलक पहुँचमा बाधा पुर्‍याउने र विद्यार्थी तथा अभिभावकमा अनावश्यक आर्थिक बोझ थप्ने भएकाले यो कदम उठाइएको हो।

आउँदो वैशाखदेखि यी कार्यक्रम सञ्चालन गर्ने विद्यालय वा संस्थाहरूलाई कानुनी कारबाही गरिने मन्त्रालयले चेतावनी दिएको छ। जारी विज्ञप्तिमा भनिएको छ, “सञ्चालन भए नभएको अनुगमन गरी उल्लंघन पाइएमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत प्रचलित कानुन बमोजिम कारबाही अगाडि बढाइने छ।”

प्रतिक्रिया

slot gacor