काठमाडौं। रवि लामिछाने सम्बन्धी मुद्दा अब सर्वोच्च अदालत को पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ।
सर्वोच्चका न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजीज मुसलमान को संयुक्त इजलासले उक्त मुद्दालाई पूर्ण इजलासमा पठाउने आदेश दिएको सर्वोच्च प्रशासनले जनाएको छ।
यसअघि गत पुस ३० गते तत्कालीन महान्यायाधिवक्ता सविता भण्डारी बराल ले लामिछानेविरुद्ध सहकारी ठगीबाहेकका सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी मुद्दा फिर्ता लिन सम्बन्धित जिल्ला सरकारी वकिल कार्यालयलाई निर्देशन दिएकी थिइन्।
उक्त निर्णयविरुद्ध युवराज पौडेल, दिनेश त्रिपाठी र आभास रेग्मी ले सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट निवेदन दायर गरेका थिए।
अब पूर्ण इजलासमा हुने सुनुवाइले उक्त निर्णयको वैधानिकता तथा मुद्दा फिर्ता प्रक्रियाबारे अन्तिम टुंगो लगाउने अपेक्षा गरिएको छ।
प्रतिक्रिया