काठमाडौं। टोखा नगरपालिकाले आ.व. २०८२/०८३ को दोस्रो चौमासिक समीक्षा कार्यक्रम सम्पन्न गर्दै विभिन्न क्षेत्रका प्रगति विवरण सार्वजनिक गरेको छ। नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा आर्थिक, सामाजिक, पूर्वाधार, वातावरण र संस्थागत विकाससँग सम्बन्धित उपलब्धि र चुनौतीमाथि विस्तृत छलफल भएको थियो।
कार्यक्रममा प्रमुख प्रस्तुति दिनेहरूले आफ्नो क्षेत्रगत प्रगतिबारे जानकारी दिए:
कार्यक्रमका वक्ताहरूले प्रगतिको सकारात्मक मूल्याङ्कन गर्दै सेवा प्रवाहलाई अझ चुस्त, छरितो र नागरिकमैत्री बनाउन आवश्यक रहेकोमा जोड दिएका थिए। नगर प्रवक्ता वच्चुराम बश्यालले पारदर्शिता र जनउत्तरदायित्वलाई प्राथमिकतामा राख्नुपर्ने बताए भने प्रशासकीय प्रमुख कमल भट्टराईले परिणाममुखी काम र प्रशासनिक सुधारमा ध्यान दिने प्रतिबद्धता व्यक्त गरे।
नगर प्रमुख प्रकाश अधिकारीले समग्र विकासलाई सन्तुलित र दिगो बनाउन निकायबीच समन्वय आवश्यक रहेको र कर्मचारी तथा जनप्रतिनिधिलाई जिम्मेवार र उत्तरदायी हुन आग्रह गरे।
कार्यक्रमको प्रभावकारी सहजिकरण शाखा अधिकृत मधुसुदन मिश्रले गरेका थिए, जसले कार्यक्रममा सहभागीहरूको ध्यान केन्द्रित गर्दै समयानुकूल र आकर्षक ढंगले कार्यक्रम सञ्चालन गर्न महत्वपूर्ण भूमिका निर्वाह गरे।
प्रतिक्रिया