स्वास्थ्य परीक्षणका लागि शिक्षण अस्पताल लगिए ओली

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ चैत्र २०८२, शनिबार ०८:५५

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली लाई स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ।

अस्पताल स्रोतका अनुसार उनलाई ‘रेड एरिया’को २७ नम्बर बेडमा राखिएको छ। रेड एरियामा सामान्यतया जटिल अवस्थाका बिरामीहरूको उपचार गरिन्छ।

ओली मिर्गौला प्रत्यारोपण गरेका बिरामी भएकाले विशेषज्ञ डाक्टरबाट विस्तृत स्वास्थ्य परीक्षण गरिने तयारी गरिएको छ। चिकित्सकको सुझावअनुसार थप उपचार प्रक्रिया अघि बढाइने जनाइएको छ।

जेन–जी आन्दोलन दमन गरेको आरोपमा फौजदारी कसुरमा कारबाही सिफारिस भएपछि आज बिहान उनलाई भक्तपुरको गुण्डुस्थित निवासबाट प्रहरीले पक्राउ गरेको थियो।

यसैबीच, ओली पक्राउ परेको विषयमा छलफल गर्न नेकपा (एमाले)ले सचिवालय बैठक बोलाएको छ।

प्रतिक्रिया

Leave a Reply