पेट्रोलियम पदार्थको मूल्य वृद्धि, काठमाडौंमा पेट्रोल १८७ रुपैयाँ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ चैत्र २०८२, बिहीबार ०६:२१

काठमाडौं ।  नेपाल आयल निगम ले पेट्रोलियम पदार्थको मूल्य पुनः वृद्धि गरेको छ। पछिल्लो पटक मूल्य समायोजन गरेको ११ दिन नबित्दै निगमले आज मध्यरातदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको भाउ बढाएको हो।

निगमले जारी गरेको सूचनाअनुसार पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १५/१५ रुपैयाँले मूल्यवृद्धि गरिएको छ। यसअघि निगमले १ चैतमा मूल्य समायोजन गरेको थियो।

नयाँ मूल्यअनुसार पेट्रोल पहिलो वर्गमा प्रतिलिटर १८४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १८६ रुपैयाँ र तेस्रो वर्गमा १८७ रुपैयाँ कायम गरिएको छ। त्यस्तै डिजेल/मट्टितेल पहिलो वर्गमा १६४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १६६ रुपैयाँ र तेस्रो वर्गमा १६७ रुपैयाँ तोकिएको छ।

यससँगै काठमाडौंमा पेट्रोलको मूल्य प्रतिलिटर १८७ रुपैयाँ पुगेको छ।

निगमले पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज, दोस्रो वर्गमा सुर्खेत र दाङ तथा तेस्रो वर्गमा काठमाडौं, पोखरा र दिपायललाई समेटेको छ।

निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेकाले स्थानीय बजारमा पनि मूल्य समायोजन गर्नुपरेको हो। मार्च १ देखि २४ तारिखसम्म खरिद गर्दा पेट्रोलमा प्रतिलिटर ७६ रुपैयाँ र डिजेलमा १४३ रुपैयाँले लागत बढेको जनाएको छ।

प्रतिक्रिया

slot gacor