काठमाडौं । सुशीला कार्की ले सरकारी निवास बालुवाटार छाड्ने तयारी सुरु गरेकी छन्। नयाँ प्रधानमन्त्री आउने भएपछि उनले आफ्ना निजी सामानहरू निजी निवास धापासी सार्न थालेकी हुन्।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावल का अनुसार १३ गतेसम्म बसाइ रहने भएकाले दैनिक प्रयोगका केही सामान भने बालुवाटारमै रहनेछन् भने अन्य सामान सार्ने काम भइरहेको छ।
आगामी १३ गते नयाँ प्रधानमन्त्रीको शपथ ग्रहण शीतल निवास मा हुने भएपछि प्रधानमन्त्री कार्कीले त्यसअघि नै सरकारी निवास खाली गर्ने तयारी गरेकी हुन्।
स्रोतका अनुसार शपथ ग्रहण कार्यक्रममा सहभागी हुन शीतल निवास पुगेपछि उनी पुनः बालुवाटार नफर्किने र उतैबाट सिधै आफ्नो निजी निवास जाने योजना बनाएकी छन्। शपथ अघिसम्म प्रधानमन्त्रीकै हैसियतमा रहने उनी शपथसँगै स्वतः पदमुक्त हुनेछन्।
प्रतिक्रिया