काठमाडौं । नेपाली बजारमा सुनको भाउ घट्ने क्रम मंगलबार पनि जारी रहेको छ।
गत मंगलबारदेखि निरन्तर ओरालो लागेको सुनको मूल्य यसदिन पनि घटेको हो। सोमबार प्रतितोला ६ हजार ५ सय रुपैयाँले घटेको सुन आज थप १ हजार ६ सय रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार आज सुन प्रतितोला २ लाख ७३ हजार ९ सय रुपैयाँमा किनबेच भइरहेको छ। सोमबार भने सुन प्रतितोला २ लाख ७५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
यता, मंगलबार चाँदीको मूल्यमा भने सामान्य वृद्धि देखिएको छ, जसले बजारमा मिश्रित अवस्था देखाएको छ।
प्रतिक्रिया