काठमाडौं । कपिलवस्तुमा तीन दिन जारी निषेधाज्ञा मंगलबार हटाइएको छ ।
प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जनजीवन सामान्य बन्दै गएको र सर्वपक्षीय बैठकपछि निषेधाज्ञा हटाइएको जानकारी दिए ।
निषेधाज्ञा हटेसँगै जिल्लामा जनजीवन क्रमशः सामान्य बन्दै गएको छ। स्थानीयका अनुसार बजारमा पसलहरू खुल्न थालेका छन् भने मानिसहरूको आवतजावत समेत बढ्न थालेको छ।
जिल्लाको महाराजगञ्ज नगरपालिका–२, वरदवामा दुई समूहबिच भएको झडपलाई मध्यनजर गर्दै चैत ७ गतेदेखि जिल्लाका विभिन्न क्षेत्रमा निषेधाज्ञा लागू गरिएको थियो।
प्रतिक्रिया