काठमाडौं, बुढानीलकण्ठ – बुढानीलकण्ठ नगरपालिकाले ऐतिहासिक स्थल बुढानीलकण्ठ मन्दिर परिसरमा आगामी चैत १० गते, मंगलबार आयोजना हुने तेह्रौँ अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला २०८२ मा सम्पूर्ण नगरवासी र संस्कृति प्रेमीहरूलाई हार्दिक निमन्त्रणा गरेको छ।
कार्यक्रम दिउँसो ३:३० बजे सुरु हुनेछ। यस कार्यक्रममा नेपाल, बोत्सवाना, इस्टोनिया, जर्मनी, भारत, इजरायल, पोल्याण्ड, दक्षिण अफ्रिका, चाइना ताइपेइ र टर्कीका कलाकारहरूले आफ्नो मौलिक भेषभूषा, संगीत र नृत्य प्रस्तुत गर्नेछन्।
नगरपालिकाले भनेको छ कि, यस भव्य समारोहले स्थानीय पर्यटन प्रवर्द्धन र सांस्कृतिक आदानप्रदानमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ। सहभागीहरूले आफ्नो परिवार, इष्टमित्र र छिमेकीसहित उपस्थित भई मेलाको शोभा बढाउने अपेक्षा गरिएको छ।
प्रतिक्रिया