आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, अमेरिकी डलर १५० रुपैयाँ नजिक

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ चैत्र २०८२, सोमबार ०६:५६

काठमाडौँ । नेपाल राष्ट्र बैंक ले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ।

निर्धारित दरअनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ६४ पैसा र बिक्रीदर १५० रुपैयाँ २४ पैसा कायम भएको छ।

यस्तै, युरो एकको खरिददर १७३ रुपैयाँ १५ पैसा र बिक्रीदर १७३ रुपैयाँ ८४ पैसा, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १९९ रुपैयाँ ६६ पैसा र बिक्रीदर २०० रुपैयाँ ४६ पैसा तथा स्विस फ्रयाङ्क एकको खरिददर १८९ रुपैयाँ ९० पैसा र बिक्रीदर १९० रुपैयाँ ६६ पैसा तोकिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर १०५ रुपैयाँ १० पैसा र बिक्रीदर १०५ रुपैयाँ ५२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ०४ पैसा र बिक्रीदर १०९ रुपैयाँ ४८ पैसा तथा सिङ्गापुर डलर एकको खरिददर ११६ रुपैयाँ ७० पैसा र बिक्रीदर ११७ रुपैयाँ १६ पैसा कायम गरिएको छ।

जापानी येन (१०) को खरिददर ९ रुपैयाँ ४० पैसा र बिक्रीदर ९ रुपैयाँ ४४ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ७३ पैसा र बिक्रीदर २१ रुपैयाँ ८२ पैसा तोकिएको छ।

त्यस्तै, साउदी रियाल एकको खरिददर ३९ रुपैयाँ ८५ पैसा र बिक्रीदर ४० रुपैयाँ ०१ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपैयाँ ९४ पैसा र बिक्रीदर ४१ रुपैयाँ ११ पैसा रहेको छ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट, युएई दिराम, मलेसियन रिङ्गेट, दक्षिण कोरियाली वन, स्वीडिस क्रोनर र डेनिस क्रोनरको विनिमयदर पनि तय गरिएको छ। साथै हङकङ डलर, कुवेती दिनार, बहराइन दिनार र ओमानी रियालको दर समेत सार्वजनिक गरिएको छ।

भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।

नेपाल राष्ट्र बैंक ले आवश्यकताअनुसार विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। साथै वाणिज्य बैंकहरूले तोक्ने दर फरक हुन सक्ने र अद्यावधिक जानकारी केन्द्रीय बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध हुने बताइएको छ।

प्रतिक्रिया

Leave a Reply