सांसद शपथपछि मात्र सरकार गठन प्रक्रिया अघि बढ्छ : कविन्द्र बुर्लाकोटी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ चैत्र २०८२, बुधबार ०७:१३

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री कविन्द्र बुर्लाकोटी ले सांसदहरूको शपथपछि मात्र नयाँ सरकार गठन प्रक्रिया अघि बढ्ने बताएका छन्।

पार्टीका सांसदहरूका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सांसदहरूको शपथलगत्तै दलको बैठक बसेर संसदीय दलको नेता चयन गरिने जानकारी दिए।

“सांसदको शपथपछि मात्र प्रधानमन्त्री चयन प्रक्रिया अघि बढाउँछौँ,” उनले भने, “शपथपछि बस्ने बैठकले संसदीय दलको नेता चयन गर्नेछ।”

रास्वपाले संसदीय दलको नेता चयनका लागि वरिष्ठ नेता बालेन शाह लाई अघि सार्ने तयारी गरेको छ। पार्टीले उनलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा प्रस्तुत गर्दै निर्वाचन लडेको थियो।

निर्वाचनमा रास्वपाले दुई तिहाइ बहुमत नजिक पुग्ने गरी १८२ सिट जितेको दाबी गरिएको छ।

शपथ ग्रहणको पूर्वतयारीस्वरूप रास्वपाले सांसदहरूका लागि दुई दिने अभिमुखीकरण कार्यक्रम समेत आयोजना गरेको थियो।

प्रतिक्रिया

Leave a Reply