काठमाडौँ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनबाट संघीय संसदमा युवाहरूको सहभागिता ऐतिहासिक रूपमा देखिएको छ। प्रत्यक्ष र समानुपातिक प्रणालीबाट कुल १०२ जना (२५–४० वर्ष उमेर समूह) युवा सांसद निर्वाचित भएका छन्।
यसपटक संसदमा परम्परागत पाका र अनुभवी नेताहरूको सट्टा युवा सांसदहरूको उल्लेखनीय उपस्थितिले नयाँ ऊर्जा र नवाचारको संकेत गरेको छ। राष्ट्रिय युवा नीति, २०८२ अनुसार १६–४० वर्ष उमेर समूहलाई ‘युवा’ भनेर परिभाषित गरिएको छ।
प्रत्यक्ष निर्वाचनतर्फ ६१ जना, र समानुपातिकतर्फ ४१ जना युवा सांसद निर्वाचित भएका छन्। देशको प्रधानमन्त्री पदको दौडमा पनि ३६ वर्षीय बालेन शाह अग्रस्थानमा छन्। राष्ट्रिय जनगणना २०७२ अनुसार १६–४० वर्ष उमेर समूह देशको लगभग ४२ प्रतिशत जनसङ्ख्या ओगटेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) – ५२ जना
प्रशान्त उप्रेती (२५, मकवानपुर–२), के पी खनाल (२६, कैलाली–२), मनिष खनाल (२६, नवलपरासी पूर्व–२), बब्लु गुप्ता (२८, सिराहा–१), सुलभ खरेल (२८, रुपन्देही–२), निशा डाँगी (२९, झापा–१), सस्मित पोखरेल (२९, काठमाडौँ–५), रामजी यादव (३०, सप्तरी–२), शिव शंकर यादव (३०, सिराहा–२), रन्जु न्यौपाने (३०, काठमाडौँ–१), सोविता गौतम (३०, चितवन–३), रुबिना आचार्य (३१, मोरङ–६), सुशान्त वैदिक (३१, प्यूठान–१), तपेश्वर यादव (३३, सिराहा–४), उज्ज्वल कुमार झा (३३, महोत्तरी–३), बदन कुमार भण्डारी (३३, काभ्रेपलाञ्चोक–२), झवि लाल डुम्रे (३३, स्याङजा–२), सन्तोष राजवंशी (३४, मोरङ–४), दिपक कुमार साह (३४, महोत्तरी–२), सोम शर्मा (३४, बाग्लुङ–२), सागर ढकाल (३४, गुल्मी–१), सुनिल लम्साल (३५, रुपन्देही–१), खगेन्द्र सुनार (३५, बाँके–३), बालेन शाह (३६, झापा–५) लगायत अन्य २८ जना।
नेपाली कांग्रेस – ५ जना
योगेश गौचन थकाली (३२, मुस्ताङ–१), निश्कल राई (३५, इलाम–१), सन्दीप राना (३८, पाल्पा–१), मो. फिरदोश आलम (३९, रौतहट–२), खडक वहादुर वुढा (४०, जाजरकोट–१)
नेपाल कम्युनिस्ट पार्टी (एमाले) – २ जना
सुहाङ नेम्बाङ (३६, इलाम–२), क्षितिज थेबे (३८, ताप्लेजुङ–१)
राष्ट्रिय प्रजातन्त्र पार्टी – १ जना
ज्ञान बहादुर शाही (३४, जुम्ला–१)
श्रम संस्कृति पार्टी – १ जना
आरेन राई (२९, खोटाङ–१)
रास्वपा – ३१ जना
स्मृति सेन्चुरी (२५), खिमा वि.क. (२५), श्रद्धा कुँवर क्षेत्री (२७), पुरुषोत्तम शुभप्रभात यादव (२७), आकृति अवस्थी (२७), सृष्टी भट्टराई (२७), करिश्मा कठरिया (२८), निशा मेहता (२८), अनुष्का श्रेष्ठ (२९), क्रान्तिशिखा धिताल (२९), एलिजा गुरुङ (३०), सीता बादी (३०), अंकिता ठाकुर (३०), अफसाना बानु (३१), गजाला शमीम मिकरानी (३१), रमेश प्रसाईं (३२), प्रतिभा रावल (३२), सरिता महतो (३२), गीता चौधरी (३३), गंगा छन्त्याल (३५), सुनिता कुमारी चौधरी (३५), राम लामा (३६), मिड्मा ग्याबु शेर्पा (३६), कृपा महर्जन (३६), तारा विश्वकर्मा (३६), भूमिका श्रेष्ठ (३७), रीमा विश्वकर्मा (३७), शोभा खनाल (३८), सुजाता तामाङ (३९), प्रभा ढकाल (३९), समिना मिया (३९)
नेपाली कांग्रेस – ४ जना
गीता गुरुङ (३०), हरिना देवी कामी (३७), रेणुका काउचा (३९), शाहजान खातुन (४०)
एमाले – ४ जना
एशुदा कुमारी बराल (३४), नीता घतानी (३७), रिगला यादव (४०), यशोदा कुमारी (४०)
श्रम संस्कृति पार्टी – १ जना
रुवी कुमारी (२५)
राष्ट्रिय प्रजातन्त्र पार्टी – १ जना
खुश्बु ओली (३५)
प्रतिनिधि सभामा युवाहरूको यो ठूलो उपस्थिति अब नीति निर्माण, कानुन निर्माण र संसदको कार्यशैलीमा नयाँ दृष्टिकोण र ऊर्जा ल्याउने विश्वास गरिएको छ।
प्रतिक्रिया