प्रकृतिको काखमा शान्त वातावरणसहित उत्कृष्ट सेवा दिँदै लाङटाङ इकोरिसोर्ट

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ चैत्र २०८२, मंगलवार ०७:०६

काठमाडौं। शहरको व्यस्त जीवनबाट केही समय विश्राम लिन चाहनेहरूका लागि लाङटाङ इकोरिसोर्ट उत्कृष्ट गन्तव्यको रूपमा स्थापित हुँदै गएको छ।

चौकिभञ्ज्याङ जहर्सिंपौवास्थित यस रिसोर्ट प्रकृतिको काखमा अवस्थित भएकाले यहाँ आउने पाहुनाले शान्त, एकान्त र स्वच्छ वातावरणमा समय बिताउने अवसर पाउँछन्। विशेषगरी पिकनिक, रिफ्रेसमेन्ट, गेट–टुगेदर तथा नाइट–स्टे कार्यक्रमका लागि यो स्थान उपयुक्त मानिएको छ।

रिसोर्टमा अर्गानिक खानालाई प्राथमिकता दिइएको छ। स्थानीय स्तरमै उत्पादन भएका ताजा र स्वस्थकर परिकारले पाहुनालाई स्वादिष्ट भोजनको अनुभव गराउँछ। यहाँको खाना, बसोबास र सेवा सुविधालाई आगन्तुकहरूले अत्यन्तै सन्तोषजनक र व्यवस्थित भन्दै प्रशंसा गर्ने गरेका छन्।

प्राकृतिक सौन्दर्यसँगै आरामदायी बसोबास, स्वच्छ वातावरण र आत्मीय आतिथ्य सत्कारका कारण लाङटाङ इकोरिसोर्ट परिवार, साथीभाइ तथा विभिन्न समूहगत कार्यक्रमका लागि लोकप्रिय बन्दै गएको सञ्चालकले बताएका छन्।

शहरको भीडभाडबाट टाढा शान्त वातावरणमा रमाइलो समय बिताउन चाहनेहरूलाई एकपटक लाङटाङ इकोरिसोर्ट पुगेर अनुभव लिन पनि आग्रह गरिएको छ।

सम्पर्कका लागि : 9851058552, 9843773535 ।

प्रतिक्रिया

Leave a Reply