काठमाडौं — बदलिँदो डिजिटल युगमा बालबालिकाको सही मार्गदर्शन र अभिभावकीय जिम्मेवारीबारे सचेतना फैलाउने उद्देश्यले आयोजित “Smart Parenting” सम्बन्धी विशेष कार्यक्रम उत्साहजनक सहभागितासहित सम्पन्न भएको छ।
जोरपाटीस्थित विद्या सागर इङ्लिस बोर्डिङ स्कुलको आयोजनामा २०८२ फागुन ३० गते Peace Banquet, जोरपाटीमा सम्पन्न कार्यक्रममा करिब ६०० भन्दा बढी अभिभावकको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा विद्यालयका अभिभावक मात्र नभई आसपासका विद्यालय र समुदायका अभिभावकहरूको समेत सहभागिता देखिएको थियो।
कार्यक्रमका प्रमुख वक्ता काउन्सेलर तथा मोटिभेशनल स्पिकर अशोक दाहालले डिजिटल युगमा बालबालिकाको सही मार्गदर्शन, सकारात्मक अभिभावकत्व र बाल मनोविज्ञानका विषयमा प्रेरणादायी प्रशिक्षण दिनुभयो। उहाँले प्रविधिको तीव्र प्रभावका कारण अभिभावकको भूमिका झन् संवेदनशील र महत्वपूर्ण बन्दै गएको उल्लेख गर्दै बालबालिकालाई सही संस्कार, अनुशासन र सकारात्मक वातावरण दिन अभिभावक स्वयं सचेत हुनुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा बालबालिकाको शिक्षा, मानसिक विकास, अनुशासन र प्रविधिको सही प्रयोगलगायत विषयमा छलफल गरिएको थियो। सहभागी अभिभावकहरूले कार्यक्रम उपयोगी र प्रेरणादायी भएको प्रतिक्रिया दिएका छन्। विद्यालय व्यवस्थापनले यस्ता सचेतनामूलक कार्यक्रमले विद्यालय–अभिभावक–समुदायबीचको सहकार्य अझ बलियो बनाउने विश्वास व्यक्त गरेको छ।
प्रतिक्रिया