काठमाडौं : राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा आदर्शकुमार श्रेष्ठ मनोनीत

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ चैत्र २०८२, सोमबार ०६:३५

काठमाडौं । सरकारले राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा आदर्शकुमार श्रेष्ठलाई मनोनीत गरेको छ।

सुशीला कार्की नेतृत्वको सरकारले प्रधानमन्त्री तथा कोषका संरक्षकको हैसियतमा श्रेष्ठलाई आगामी पाँच वर्षका लागि उक्त पदमा नियुक्त गरेको हो। यसअघि अध्यक्ष रहेका ऐनबहादुर शाहीले पदबाट राजीनामा दिएपछि रिक्त रहेको पदमा सिन्धुलीका श्रेष्ठलाई मनोनयन गरिएको हो।

अध्यक्षका रूपमा श्रेष्ठले अब कोषको सञ्चालक समितिको अध्यक्षता गर्नेछन्। राष्ट्रिय प्रकृति संरक्षण कोष ऐन २०३९अनुसार कोषको संरक्षक प्रधानमन्त्री रहने र संरक्षकले नै अध्यक्ष मनोनयन गर्ने व्यवस्था रहेको छ।

समाजशास्त्रमा स्नातकोत्तर गरेका श्रेष्ठले कानुनमा स्नातक गरेका छन्। सिन्धुलीका उनी पेशाले कानुन व्यवसायीसमेत हुन्।

हाल उनी प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिवका रूपमा कार्यरत छन्।

प्रतिक्रिया

Leave a Reply