विष्णुमती करिडोर क्षेत्रका बासिन्दासँग जनप्रतिनिधिको छलफल

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ चैत्र २०८२, आईतवार ०७:१५

काठमाडौं । टोखा नगरपालिका का नगर प्रमुख प्रकाश अधिकारी ले विष्णुमती खोला करिडोर क्षेत्रमा बसोबास गर्ने स्थानीय बासिन्दासँग छलफल गरेका छन्।

करिडोर क्षेत्रमा बसोबास गर्ने नागरिकहरूको समस्या, सरोकार र आगामी व्यवस्थापनका विषयमा जनप्रतिनिधिहरूले स्थानीयसँग गहन संवाद गरेका हुन्।

उक्त छलफलमा वडा नम्बर ८ का वडा अध्यक्ष रमेश खत्री, वडा सदस्य अनुप कुमार राई तथा वडा नम्बर ११ का वडा सदस्य महेश थपलिया सहित स्थानीय बासिन्दाको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रममा करिडोर क्षेत्रमा बसोबास गर्ने नागरिकका समस्या, सम्भावित समाधान र व्यवस्थापनका विषयमा जनप्रतिनिधि र स्थानीयबीच खुला छलफल भएको बताइएको छ।

प्रतिक्रिया