आपतकालीन सेवा प्रभावकारी बनाउन फायर स्टेशनका कर्मचारीको नाम र सम्पर्क नम्बर सार्वजनिक

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ चैत्र २०८२, आईतवार ०७:०३

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका ले आपतकालीन सेवा थप प्रभावकारी बनाउन अग्नि नियन्त्रण टोलीका कर्मचारीहरूको नाम र सम्पर्क नम्बर सार्वजनिक गरेको छ।

नगरपालिकाले फायर स्टेशनमा कार्यरत कर्मचारीहरूको विवरणसहित आपतकालीन सम्पर्क नम्बर सार्वजनिक गर्दै आगलागी वा अन्य विपद्‌का घटनामा तत्काल जानकारी दिन सर्वसाधारणलाई आग्रह गरेको जनाएको छ।

नगरपालिकाका अनुसार आपतकालीन अवस्थामा छिटो उद्धार तथा नियन्त्रण कार्य गर्न सहज होस् भन्ने उद्देश्यले अग्नि नियन्त्रण टोलीका सदस्यहरूको नाम, जिम्मेवारी र फोन नम्बर सार्वजनिक गरिएको हो।

नगरपालिकाले आगलागी, दुर्घटना वा विपद्‌जन्य घटनामा तत्काल जानकारी गराउन तथा आवश्यक सहयोग लिन सम्बन्धित सम्पर्क नम्बर प्रयोग गर्न स्थानीयवासीलाई अनुरोध गरेको छ।

यस कदमले नगर क्षेत्रमा आपतकालीन उद्धार तथा अग्नि नियन्त्रण सेवालाई थप छिटो र प्रभावकारी बनाउन मद्दत पुग्ने विश्वास नगरपालिकाले व्यक्त गरेको छ।

प्रतिक्रिया