निर्वाचन खर्च २८ लाख ६८ हजार, महावीर पुनले आयोगमा बुझाए विवरण

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ फाल्गुन २०८२, शुक्रबार ०७:४७

काठमाडौं । महावीर पुन ले प्रतिनिधिसभा निर्वाचनमा भएको खर्चको विवरण निर्वाचन आयोग मा पेस गरेका छन्।

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत म्याग्दी क्षेत्र नम्बर १ बाट निर्वाचित पुनले निर्वाचन अवधिमा कुल २८ लाख ६८ हजार ८६८ रुपैयाँ खर्च भएको विवरण आयोगमा बुझाएका हुन्।

पेस गरिएको विवरणअनुसार होटलमा खाना तथा बसोबासका लागि सबैभन्दा बढी १३ लाख ७ हजार ६१९ रुपैयाँ खर्च भएको देखिएको छ।

यस्तै चालक ज्यालामा करिब १ लाख ४० हजार रुपैयाँ, यातायातमा ६ लाख ६० हजार ९९८ रुपैयाँ तथा डिजेलमा ३ लाख ६० हजार ४९९ रुपैयाँ खर्च भएको विवरणमा उल्लेख गरिएको छ।

निर्वाचन आयोगले उम्मेदवारहरूलाई निर्वाचन सम्पन्न भएपछि आफ्नो खर्च विवरण अनिवार्य रूपमा बुझाउनुपर्ने व्यवस्था गरेको छ।

प्रतिक्रिया

slot gacor