सामाजिक सञ्जालमा अपशब्द लेखेको आरोपमा रविरत्न चुडाल पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ फाल्गुन २०८२, शुक्रबार ०६:४२

काठमाडौं । सामाजिक सञ्जालमार्फत झापाका स्थानीयलाई लक्षित गर्दै अपशब्द प्रयोग गरेको आरोपमा रविरत्न चुडाल पक्राउ परेका छन्। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय को टोलीले बिहीबार काठमाडौंबाट नियन्त्रणमा लिएको हो।

कार्यालयका एसएसपी सन्तोष खड्का का अनुसार चुडालले निर्वाचनका सन्दर्भमा सामाजिक सञ्जालमा आपत्तिजनक र अमर्यादित टिप्पणी गरेका थिए। सोही विषयमा उजुरी र निगरानीपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।

पक्राउ परेका चुडालमाथि थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply